घान्द्रुके गायक बिमलको ‘गैह्री गाउँको साँइली’ सार्वजनिक
पाेखरा | असोज ५, २०८०
पोखरा: कास्कीको घान्द्रुकमा छायांङ्कन गरिएको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको छ ।
कलाकार ताराश्रीस मगर र विमल परियारको स्वरमा रहेको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको हो ।
कास्कीको पर्यटकीय स्थल घान्द्रुकमा छायाँङ्कन गरिएको उक्त गीतमा कलाकार धीरेन शाक्य, आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङको अभिनय रहेको छ ।
उक्त गीतमा शम्भु चालिसेको छायाँङ्कन ,विष्णुहरी तिमल्सिनाको सम्पादन, दिप गुरुङले निर्देशन गरेका छन् ।
उक्त गीतमा कलकार विमल परियारको संगीत र शिब हमालको शब्द रहेको छ । गीतमा रुपी सिंजाली मगर, प्रेमा राणा, राजु तोलाङ्गी गुरुङ र सागर बाजुरालीको सहयोगी स्वर रहेको छ । उक्त गीत दीप गुरुङको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

